लघु कथा- “खिर खाने दिन”

राजनिती विविध

-सुजन तिमल्सिना

सानो झुपडीको बाँस दुई छोराछोरीको बाबू ठुले।दिनभर सकि नसकि घुडाँ धसे पनि छाक टार्न गार्‍हो बजारमा काँहि केहि काम पाहिन्छ कि !भनेर बिहान झिस्मिसेमा बजारको बाटोतिर लम्किएको ठुले कम्मरमा नाम्लो बोकि लम्किदैँ बजारको पसलको टेवलमा थ्याच्च अडियो क‍‍ोही आउँछन् कि भोग र प्यास भुलेर कोहि केही कामको खोजीमा आउँँछन् कि भन्ने पर्खाईमा ।आशै आशमा बितेको त्यो दिन नैरश्यताले भरिएको उसको दुःखको त्यो दिन साँझ को आभाष दिएको प्रकृतिले झिसमिसे साझँमा घरको पिडिमा पुर्यायो र पिढिमा बसेको ठुले दिनभर साथीहरूसँग बातचित गरि फर्किएका छोराछोरी भन्न थाले बा साउन १५ खिर खाने दिन आयो।

बिचरा भुरा न हुन् उनिहरूलाई वर्षसाँझ मा एकचोटि खिर खाने मैका परम्पराले नै जुराई दिएको थियो तर पनि पारिवारिक समस्याले बर्षको एक चोटि क‍‍ो अबसर पनि गुमाउन पुगेका केटाकेटी भन्दै थिए माथ्लो घरे सानेले भनेको उसको घरमा त चामल,चिनि,मसला सबै किनेर ल्याहिँसके अरे ।अब खिर खाने तयारीमा छन् रे।छोरिले थपि भैसिँले यत्ति धेरै दूध दिन्छ रे ! ठुले थाकेर आएको रित्तिएको मनमा छोराछोरी को कौतुहलता खिर खाने तयारि र अर्काको घरक अग्रिम तयारिको कुराले धाकेको ठुले निराशाजनक स्वरमा बुढि पानी ले त पिउँ।

अमखरामा अल्लि नभरी पानी दिएर भन्न थाली नानीबाबू हो ‘अरूले घ‍ोडा चढे भन्दैमा हामिले धुरी चढ्न त भएन नि’ बडो गम्भीरताका साथ भन्न थालिन् साना भुराहरूले बुझेकि बुझेनन् कुन्नि तर पनि …. उनिहरूको दुहुनो भैंसी छ प्रसस्त खेत र सम्पन छन्।हामीलाई दिनभर मरि मरि काम गरे पनि बिहान जसोतसो खायो भरे के खाने भन्ने चिन्ताले सताउछँ।हाम्रो लागि यो ठूलो कुरा हो केटाकेटी टोहोलाई रहे सकिए छ भने खाउँला नि खिर है…….! प्रसँङ्ग:- अहिले महामारीले अस्तब्यस्त बनाएको हाम्रो समाजमा “हुदाँ खाने र हुने खाने”दुवैेले सोच्ने बेला आएको छ..!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *