“विचरा कुर्सी”

विविध

-दीपेश दाहाल

कुरा सुनेन कानले कि कान नै खराब भो
शराब शुद्ध पानि भो र पानि चै शराब भो ।
सुनेछ एक कानले र बुझ्नलाइ खोजदा
थुनेछ घूसले पुरै दिमागका दुला दुला ।।१।।

सुनाइ जोक्स चुट्किला हसाइ देशका सबै
ति कुर्सिमा बसेर बात मार्दछन् फगत् सँधै ।
भएर दिक्क कुर्सिले भनेछ यो पनी उही
चुटेर बात हाउडे लुटेछ देश नै पुरै ।।२।।

भनेछ सुस्त शैलिमा र कुर्सिले डराउँदै
यि गन्ध भो असह्य खै छुटेन पापि क्यै गरी
ति गन्ध गुम्सिए उही सहीदका ति रक्तको
र गन्ध चाहना सबै सहीद देशभक्तको ।।३।।

लुगा लगाइ शुद्ध भै मुहार ढाकि मारदै
छकाउदै हिँडेछ पापि बातले डराउँदै ।
चुनावको अगाडि चैँ विकास गर्छु भन्छ जो
उही छ देश बेचने र शत्रु यो सुदेशको ।।४।।

म हुँ भलादमी भनेर धाक फूर्ति लाउने
सुनाउँदै फगत् कुरा र चुट्किला हँसाउने ।
अहो! कहाँ म पाउँछू र विश्वमै यहाँसरी
असत्यवादि नेतृता र यो म देशको सरी ।।५।।

समाधि लिन्छु कुर्सिले भनेछ थाकिनै सँके
हरेस खाइनै सकेँ बिदा दिनूस हे हरे ।
चुटिन्छु की जसो भयो उ तान्छ तान्छ ऊ पनि
म थेग्न के सकूँ र भूमिभारलाइ के गरी ।।६।।

भलादमी सडेछ आज कुर्सिको विचारले
सडेन ऊ सडाइयो मिलेर पापि चालले ।
जताततै छ व्याप्त क्रान्ति छैन शान्ति देशमा
थकीत भै हराउँदैछ धर्म आज देशमा ।।७।।

यहाँ राजनीति नै भएछ घूसनीति झै
हिसाब दस् करोडको दिनूस लौ कहाँ छ खै ।
यहाँ त हिँड्छ दोषि नै फुलाइ छाति हर्दम
सराप्छ आँशु दीनको भएर दिक्क हर्पल ।।८।।

कुरा उठाउने सबै कि दोषी भन्छ कानुन
यहाँ त कानुनै थला परेछ गोलि हानुन ।
जसोरि एकले थुके सुकेर डाम बस्दछ
हजार लाखले थुके समुद्र बन्न सक्दछ ।।९।।

मिलेर एकजूट भै कुरा उठाउँ आज नै
अशान्ति क्रान्ति छैन सह्य चाहियो सुशान्ति नै।
प्रयास नै जतीसके गरौ विकास देशको
सबै मिलेर लौ बढौँ मुहार फेर्न देशको ।।१०

छन्द=पञ्चचामर

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *