विशाल नेकपाको नेतृत्व गर्ने की विभाजित टुकडीको कम्पनी कमाण्डर ? – बास्कोटा

प्रमुख समाचार बिशेष

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपाका नयाँ पुस्ताले विशाल पार्टीको नेतृत्व गर्ने की विभाजित टुकडीको कम्पनी कमाण्डर बन्ने भन्नेबारे परीक्षाको घडी आएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै बाँस्कोटाले नेकपाको दोस्रो पुस्ताले सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठनिक हस्तक्षेपगरी पार्टी विभाजन रोक्न पहल गर्ने समय आएको बताउनुभएको हो ।

‘नेकपाको दोस्रो पुस्ता (शङ्कर,जनार्दन,प्रदीप,टोपबहादुर,योगेश,सुरेन्द्र,विष्णु) हरू लगायतका नेताहरूको काँधमा पार्टी विभाजन गर्ने की रोक्ने भन्ने जिम्मेवारी आएको उहाँले उल्लेख गर्नुभएको हो ।

‘विभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउनेकी विशाल पार्टीमा सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्व गर्ने?’ उहाँले लेख्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =