सत्ता केन्द्रित कम्युनिस्ट-पुजीवादी नेत्रित्वहरुलाई राज्यराष्ट्र सिद्धान्त के श्रीखण्ड के खुर्पाको बिँड

विचार/ब्लग

नुमनाथ प्याकुरेल

सामाजिक र प्राकृतिक सिद्धान्तहरुको एउटा महत्वपुर्ण विशेषता के हो भने, प्रकृतिक सिद्धान्त कुनै राजनीतिक सिमानाले रोक्दैन तर सामाजिक सिद्धान्तहरु एउटै राष्ट्रमा पनि भिन्नभिन्न ढंगले अभ्यास हुन्छन्। राजनीतिक सिद्धान्त, सामाजिक सिद्धान्त अन्तरगत नै पर्ने भएका कारण राजनीतिक सिद्धान्तको सिमा निश्चित छ र प्रयोगिक अनुसंधान नगरी जथाभावि ढंगले नेपाली समाजमा लादिएका क्ष्यदम्भेषी सिद्धान्तहरुले प्रथमत: नौजवान युवाहरुलाई दिगभ्रमित तुल्याउँछ भने, अर्कातर्फ प्राचिनता बाट अविछिन्न तर स्थिति-गत्यात्मक प्रगतितिर उन्मुख ज्ञान परम्परा ध्वंस गर्दछ।

अनुसंधानलाई आफ्नो कार्यपद्धति बनाउन नसक्ने र विशिष्ट नेतृत्व तर कर्तित्व चाहिँ सामुहिक चुन्न नसक्नेहरु, कोहि वेजिङमा पानी पर्दा काठमाण्डौमा छाता ओडिरहेका छन्, कोहि नयादिल्लीमा पानी पर्दा काठमाण्डौमा छाता ओडिरहेका छन्। सबै भन्दा उदेकको प्रयोग त तत्कालिन नेकपा माओवादीमा देखिन्छ। सकारात्मक तथा नकारात्मक दुबै कुरा सिक्न नेकपा एउटा महत्वपुर्ण आयम बनेको छ, नेपालको इतिहासमा। प्रथमत नेकपा माओवादीको नाम चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्षको नाममा पाईनु, आर्थीक सहयोग चर्चहरु, युरोपेली शक्तिकेन्द्रहरु तथा चन्दा आतंक बाट प्राप्त गर्न सक्नु र पार्टीको रणनीतिक मार्गनिर्देशन चाहिँ भारतिय सत्ता पक्षबाट प्राप्त गर्न सक्नु संसारमै उदेकलाग्दो राजनीतिक प्रयोग हो।

प्रथमत नेकपा माओवादीको नाम चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्षको नाममा पाईनु, आर्थीक सहयोग चर्चहरु, युरोपेली शक्तिकेन्द्रहरु तथा चन्दा आतंक बाट प्राप्त गर्न सक्नु र पार्टीको रणनीतिक मार्गनिर्देशन चाहिँ भारतिय सत्ता पक्षबाट प्राप्त गर्न सक्नु संसारमै उदेकलाग्दो राजनीतिक प्रयोग हो।

नेपाली सर्वसाधारण जनताको आँखामा छारो हाल्न क्षेत्रिय विस्तारवादी भनिएको भारत विरुद्ध सुरुङ्ग युद्ध गर्न तम्सिएको जस्तो पनि गर्ने तर त्यहि राजनीतिक दलको विशिष्ट नेत्रित्व जुवाईंलाई जस्तो उच्च स्तरको सम्मानका साथ भारतिय संस्थापन पक्षले सुरक्षा दिएर राख्नु र राजनीतिमा सम्रचनात्मक परिवर्तन गर्दा भारतिय निर्णायक तर युरोपेली एजेण्डाहरु स्थापित हुनु अझ उदेकलाग्दो यथार्त हाम्रा सामु आउँछ।

नेकपाको तिब्र संगठन विस्तार दर्शन, सिद्धान्त, संगठन पद्धति, कार्य पद्धतिमा आसा र आत्मविश्वास दिलाएर आत्मियता प्रवर्धन गर्न थिएन, अपितु आलोपालो सत्ताका साझेदार नेकपा एमाले र नेपाली कांग्रेस प्रति जनताको हट्दै गएको विस्वास र वैकल्पिक शक्ति बन्छ र सतहमै छरपष्ट भएका आम जीवनका ज्वलन्त समस्याहरु सम्बोधन गर्ला भनेर थियो। परिणाम दसकौं जंगलमा बसेका, भोक र प्यासले छटपटिएका, चन्दा विचलन र सार्वजनीक सम्पतिको ध्वँस गर्न अभ्यस्त कार्यकर्ताहरु अकल्पनिय सफलता र संविधान सभामा झण्डौ एक्लै बहुमत पुर्याएउदाको उन्मादले थिचिएर र निशास्सिएर संगठन निर्माण गर्न भन्दा यति तिब्र ढंगले संगठनको विघठन भयो कि, सत्तामा पहुँच पुर्याएको केहि बर्षमा पार्टीको समुल नष्ट यसरी भयो कि, जुन संसारकै इतिहासमा दुर्लभ घटना थियो।

नजान्ने भन्दा जान्नेले, अनपढले हैन पढेलेखेकाले, अवसर नपाएकाले हैन, अवसर पाएकाले र तल्लो ओहोदामा बसेकले हैन कि माथिल्लो ओहोदामा बसेकाले नै समाजका आधारशिलाहरूको ध्वँस गरेका छन्।

नजान्ने भन्दा जान्नेले, अनपढले हैन पढेलेखेकाले, अवसर नपाएकाले हैन, अवसर पाएकाले र तल्लो ओहोदामा बसेकले हैन कि माथिल्लो ओहोदामा बसेकाले नै समाजका आधारशिलाहरूको ध्वँस गरेका छन्। प्राचिनतामा अभ्यास गरिएका सबै दर्शन, सिद्धान्त, मत, मताग्रह, मुल्य तथा मान्यताहरु सबै नराम्रै नराम्रो भएको र आधुनिकताका नाममा सिरोधार्य गरिएका यूरोपेली सापेक्ष अवधारणाहरु सबै राम्रै राम्रो छैनन्। प्राचिनता बाट पनि र आधुनिकता बाट पनि जे चिज चाहिँ सान्दर्भिक र आवस्यक छन् तिनिहरुपो आवलम्बन् गर्ने हो। ‘सित्तैमा पाए भनेर अलकत्रै घिच्ने’ भने जस्तो, ८, १० अरब अनुदान आउँछ भन्दैमा आफ्नो स्वामित्व भएका चिजहरुलाई रद्धिको टोकरिमा हालेर नकारात्मक प्रचार गर्ने र बिधर्मी दर्शन तथा सिद्धान्तहरुको देवत्वकरण गर्ने प्रवृती त्यति बेला देखी सुरु भएर आज सम्म चलिरहेको छ, जति बेला हस्तक्षेपकारी तथा प्रभुत्ववादीहरुले नेपाली राजनीतिको केन्द्रिय स्थानमा रणनीतिक रुपले स्थान बनाउन सकेका थिए।

जुन समय, सन्दर्भ, परिस्थिति तथा सामाजिक/साँस्कृतिक सम्रचनामा कम्युनिस्ट तथा पुजीवाद सिद्धान्तहरुको प्रतिपादन गरेका थिए, त्यही समय, सन्दर्भ, परिस्थिति तथा सामाजिक/साँस्कृतिक सम्रचना नेपालमा नरहेको कारण त्यहाँ अभ्यास गरिएका खासगरी कम्युनिस्ट र पुजीवाद सिद्धान्तहरु जस्ताको तस्तै यहाँ अभ्यास गरिनु घातक, प्रतिउत्पादक तथा आत्मघाती हुन्छन्।

युरोपेली दार्शनिकहरुले रोमन तथा ग्रिक सभ्यताको पुनर्जागरण गरेर आफ्नो सभ्यताको आधारस्तम्ब ‘जरो र किलो’ बलियो बनाएर आफ्ना वैश्विक केन्द्रियता बलियो बनाएको देख्दा देख्दै, जान्दा जान्दै लोभ, प्रलोभन, डर, त्रास तथा सत्ता र शक्तिको उन्मादमा वाटो विराएर उदार चरित्रको वैश्विक मान्यतामा आधारित बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त विज्ञानको दृष्टिकोण विकास गरेर, विविधतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर संसारको टाउको दुखाईको बिषय लाई स्थिति-गत्यात्मक समाधान दिने सहृदयता दर्शनमा आधारित राज्यराष्ट्रको सान्दर्भिकता हामिलाई त छँदै छ, हामि बाहेकका संसारकै शक्ति राष्ट्रहरुलाई पनि त्यत्तिकै सान्दर्भिक र अपरिहार्य छ, यद्यपि अवधारणाहरुको समय र सान्दर्भिकता सापेक्ष हुनेछन्।

जुन समय, सन्दर्भ, परिस्थिति तथा सामाजिक/साँस्कृतिक सम्रचनामा कम्युनिस्ट तथा पुजीवाद सिद्धान्तहरुको प्रतिपादन गरेका थिए, त्यही समय, सन्दर्भ, परिस्थिति तथा सामाजिक/साँस्कृतिक सम्रचना नेपालमा नरहेको कारण त्यहाँ अभ्यास गरिएका खासगरी कम्युनिस्ट र पुजीवाद सिद्धान्तहरु जस्ताको तस्तै यहाँ अभ्यास गरिनु घातक, प्रतिउत्पादक तथा आत्मघाती हुन्छन्।

कम्युनिस्ट तन्त्र के हो?
सर्वहारा बर्गको आवरणमा एउटा निरंकुस पार्टीका नवधनाढ्य कार्यकर्ताहरुले अधिनायकत्व संस्थापन गरेर राज्यका श्रोत तथा साधनहरुको चरम शोषण गर्न स्थापना गरिएको कम्युनिस्ट(साम्यवादी) सिद्धान्तले निजि स्वामित्व अश्विकार गर्ने, उत्पादनका साधनहरुको सार्वजनिक स्वामित्व स्विकार्ने, संसदिय प्रणाली अस्विकार गर्ने, जनमतको कदर नगर्ने, जनवादी केन्द्रियता स्विकार्ने, धर्मलाई अफिम भनि विष बमन गर्ने, समाज प्रवर्तनका आधारशिलाहरुको छेउटुप्पो भेद थाहा नपाउनेहरुले समाजवाद अवधारणा उच्चारण गर्न सुहाउँदैन।

शब्दमा समाजवाद भनिए पनि यो सिद्धान्त नेपाली समाजको लागि मात्रै हैन, विविधतालाई शक्ति र अवसर मान्ने उदार चरित्रको सामाजिक तथा सँस्कृती परम्परा हुनेहरुका लागि प्रगति हैन बिनास र समाज तथा सँस्कृतिका आधारशिलाहरुको ध्वँस गर्ने अस्त्र हो।

शब्दमा समाजवाद भनिए पनि यो सिद्धान्त नेपाली समाजको लागि मात्रै हैन, विविधतालाई शक्ति र अवसर मान्ने उदार चरित्रको सामाजिक तथा सँस्कृती परम्परा हुनेहरुका लागि प्रगति हैन बिनास र समाज तथा सँस्कृतिका आधारशिलाहरुको ध्वँस गर्ने अस्त्र हो। अधिनायकवादी, प्रभुत्ववादी तथा हस्तक्षेपकारी कम्युनिस्ट सिद्धान्तको जोडदार वकालत गर्ने तथाकथित सर्वहारा वर्गका नाइकेहरु संग, मार्क्सवाद जर्मनी, फ्रान्स, बेल्जियम तथा बेलायतमा लाघु नहुनु तर युद्धग्रस्त तत्कालिन सोभियत संघमा ७० लाख सर्वसाधारण सहित जार शाही वंशको वंश नास गराएर, वर्गीय कम्युनिस्ट अवधारणामा नश्लिय वहुराष्टृवाद लागुगर्ने लेनिनवाद, आफ्नो प्रतिस्पर्धि मार्क्सवादी ट्रस्कि र उनको गुटलाई सोभियत संघमा बस्नै नसक्ने गरि लखेट्ने, आफ्नो राजनीतिक दर्शन तथा सिद्धान्त आत्मसात नगर्नेहरुलाई सामन्तको विल्ला भिराएर भौतिक सफाय गर्ने, राज्यको बागडोर सम्हालेर पनि एउटा सर्वहारा वर्गको मात्रै प्रवर्तन गर्न सकिन्छ भनेर अर्को त्यत्रै ठुलो पुजिवादी समुहलाई आफ्नो प्रधान शत्रु ठान्ने कम्युनिस्ट सिद्धान्त कसरि प्रगतिशील मान्न सकिन्छ?

पुजिवाद के हो?
अधिकतम जनताको भलो चिताउने युरोपबाटै ल्याईएको अर्को फोटोकपी सिद्धान्त पुजिवादका सार्वभौम विशेषताहरु निजि सम्पत्तिको अभ्यास, पुर्ण व्यक्तिगत स्वतन्त्रता, उत्पादनका साधनहरु निजि स्वामित्व, राज्यसम्यन्त्रवाट स्वतन्त्र बजार व्यवस्था, लोककल्याणकारी राज्य, गैर सरकारी संस्थाहरुको क्रियाशीलता, धनी र गरिबको खाडल स्वभाविक मान्ने, उपभोक्तवादी समाज, वस्तु तथा सेवाहरुको मुल्य निर्धारण गर्ने, माथिबाट तलझर्ने विकासको अवधारणा मान्ने, विकेन्द्रीकृत शासन प्रणाली अवलम्बन गर्ने, समाज विकासमा दुई फक्लेटे अवधारणा मान्ने, युरो-कृष्चियन वैश्विक दृष्टिकोण राखेर अधिकतम जनताको अत्याधिक सुवधाका बारेमा मात्रै सोच्ने तर सम्पुर्ण जनतालाई सुखको अनुभुति गराउन सकिदैन भन्ने र आफ्नो प्रधान शत्रु कम्युनिष्ट सिद्धान्त मान्ने पुजीवादी तन्त्र पनि कसरि प्रगतिशिल मान्न सकिन्छ?

विषाक्त कम्युनिष्ट-पुजिवाद

विभिन्न साईनबोर्ड राखेर नेपालमा थापिएका राजनीतिक दोकानहर न कम्युनिस्ट तन्त्र हुन, न पुजिवाद तन्त्र हुन्, हुन् त कम्युनिस्ट तथा पुजीवादी तन्त्रको फ्युजनबाट सृजित कम्युनिस्ट-पुजीवादी(कपु) तन्तृय व्यवस्था।

निश्कर्ष

कुन सन्दर्भ र प्रसंगमा कम्युनिस्ट र पुँजिवाद सिद्धान्तहरु निर्माण गरिएका थिए ? बैभिन्य दुई सिद्धान्तहरुको साझेदारी हुने अभ्यास र अनुभव संसारमा कहिँ छ ? नितान्त बैभिन्य प्रतिद्वन्दी सिद्धान्तहरुको घालमेल बाट बनेको कम्युनिस्ट-पुजीवाद कति बिषाक्त हुनेरहेछ भन्ने कुरा प्रमाणित गर्न कुनै शब्द अथवा तथ्य प्रमाण प्रस्तुत गर्नु पर्दैन, तथाकथित नेपालको लोकतान्त्रिक अभ्यासका क्रममा यत्रतत्र सडकभरी छरपष्ट छ।

नेपाली सन्दर्भमा राम्रो दर्शन र सिद्धान्तको कसि प्रयोगिक अनुसंधान, प्राचिनता वाट अविच्छिन्न तर स्थिती-गत्यात्मक प्रगति गरेको सामाजिक तथा साँस्कृतिक सम्रचना संग सापेक्षता हुनुपर्छ। चाईनिजहरुले चिनियाँ विशेषता सहितको समाजवाद भनेर, मार्क्सवाद वाट आफ्नो मौलिकता कन्फ्युसियसवादमा फर्किए। भारत साँस्कृतिक राष्ट्रवाद भनेर आफ्नो मौलिकता तर्फ फर्कंदै छ। अमेरिका प्रथम भनेर डोनाल्ड ट्रमले अमेरिकनहरुको मनोवल उच्च राखेका छन्। भ्ल्यादिमिर पुटिन रसियालाई पुन: शक्तिराष्ट्रका रुपमा स्थापित तुल्याउन रसियाका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक सम्रचनाहरु सुध्रिढ गरिरहेका छन्। हाम्रा औपचारिक शिक्षा नलिएका, अपराध, भ्रष्टचार र व्यभिचारको पृष्ठभूमिबाट राजनीतिमा स्थापित भएका सत्ता केन्द्रित कम्युनिस्ट-पुजीवादी नेत्रित्वहरुलाई राज्यराष्ट्र सिद्धान्त के श्रीखण्ड के खुर्पाको बिँड ।

चाईनिजहरुले चिनियाँ विशेषता सहितको समाजवाद भनेर, मार्क्सवाद वाट आफ्नो मौलिकता कन्फ्युसियसवादमा फर्किए। भारत साँस्कृतिक राष्ट्रवाद भनेर आफ्नो मौलिकता तर्फ फर्कंदै छ। अमेरिका प्रथम भनेर डोनाल्ड ट्रमले अमेरिकनहरुको मनोवल उच्च राखेका छन्।

बेग्लाबेगलै साईनबोर्ड राखेका उहि मुलाका सिन्की उहिमुलाका चाना कम्युनिस्ट-पुजीवादी तन्त्रिय नेत्रित्वहरुले युग सुहाउँदो दर्शन, सिद्धान्त, नीति, मताग्रह, प्रतिमान लिन नसकेका कारण टाउकाले टेकेर खुट्टा माथी फर्काएको अवस्थामा छन्। “बिज्ञानको बुद्धि, प्रविधिको प्रगती, धर्मको विवेक र सहृदयताको सम्बन्ध” यी आधारशिला चतुष्टयमा आधारित सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थिति-गत्यात्मक प्रगतिवाद ले तिनलाई खुट्टाले भुइँमा टेक्ने बनाउनेछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *