समाजको स्थिति-गत्यात्मक प्रगति तर्फ मार्गनिर्देशन गर्न स्वकृयात्मक अग्रसर भएर कर्म गर्दै जाउँ

विचार/ब्लग

-नुमनाथ प्याकुरेल

बिज्ञानको बुद्धि, प्रविधिको प्रगती, धर्मको विवेक र सहृदयताको सम्बन्धको आधारशिला चतिष्टयमा बन्ने दर्शन र सिद्धान्त पुर्वाग्रह रहित हुन्छन्। यस्ता सिद्धान्तले व्यक्तिगत जीवन, परिवार, राष्ट्र र समग्र राज्यलाई स्थिति गत्यात्मक प्रगति तर्फ पथ प्रदर्शन गर्दछन्। शाब्दिक अर्थमा भन्नुपर्दा यस्ता सिद्धान्तहरुले धर्मलाई बिज्ञानको कसिमा र बिज्ञानलाई धर्मको कसिमा राख्छन्।

सहृदय दर्शन र राज्य राष्ट्र सिद्धान्तको आधार पनि यहि आधारशिला चतुष्टय हो। विज्ञान बाट सिक्ने बुद्धि हो। बिज्ञान ले जुनसुकै घटनाका बारेमा कार्यकारण सम्बन्ध बुझ्न, तथ्यांक र प्रमाणमा विश्वास गर्न प्रेरित गरेर मानविय जीवनलाई सरल र सामान्य तुल्याउन सहयोग गर्दछ। विज्ञानको वुद्धी अपरिहार्य हो, तर त्यति मात्रैले हामिलाई पुग्दैन। विज्ञानमा आधारित प्रविधिको प्रगति पनि उतिनै आवस्यक छ। बुद्धि मात्रै लगाएर इनारमा खसेको बाल्टी झिक्न मिल्दैन। बाल्टी झिक्न कि आफैं इनारमा पस्नु पर्छ, नत्रभने प्रविधी इनारमा छिराएर बाल्टी झिक्नुपर्छ। प्रविधिले हाम्रो कार्यहहरुलाई सरल र जीवनलाई सहज बनाउँछन्। विज्ञान र प्रविधिको प्रयोगले थोरै समयमा संख्यात्मक तथा गुणात्मक कार्य सम्पन् गर्न सहज र जीवनलाई सरलिकृत तुल्याउँछ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र संघ/संगठन खोल्ने स्वतन्त्रता छ। समाजको स्थिति-गत्यात्मक प्रगति तर्फ मार्गनिर्देशन गर्न स्वकृयात्मक अग्रसर भएर कर्म गर्दै जाउँ। निसंदेह विविधता समस्या/जटिलता हैन अवसर/सम्भावना बन्ने छ।

बिज्ञानको बुद्धि र प्रविधिको प्रगति संगै जीवन र जगतका अपरिहार्य आधारशिलाहरु धर्मको विवेक र सहृदयताको सम्बन्ध हुन्। बिज्ञानको बुद्धि प्रयोग गरेर एन्टिबायोटिक ट्याब्लेट तथा बम दुबै बन्छन्। जसमध्ये बमले मानिस सहित जिवित प्राणिको ज्यान जान्छ तर एन्टिबायोटिकले मानिसको ज्यान जोगाउँछ। एन्टिबायोटिकको प्रयोग धर्मको विवेक हो तर बमको प्रयोग धर्मको विवेक बिपरित हो।

सहृदयताको सम्बन्ध विस्तार गर्न सक्यौं भने द्वन्द्व, घृणा, द्वेश, क्लेष, हिंसा, अपराध तथा युद्धका कारण टर्छन् र कुनै किसिमका हतियार बमको आवस्यकता पर्दैन तर एन्टिबायोटिकको आवस्यकता पर्छ। सहृदयताको सम्बन्ध त्यतिबेला मात्रै सम्भव छ, जब विविधतालाई अवसर र सम्भावना मान्दछौं नकि समस्या र झमेला। धेरै विद्वान मान्यवरहरुको तर्क कहाँनेर गलत हुन्छ भने, जब वहाँहरु नेपालमा पहाडले मधेसलाई, जातिले जनजातिलाई, बाहुनले शिल्पि, जसलाई दलित पनि भनिन्छ लाई, जनजातिमा पनि लिम्बुले राईलाई, राईले याक्खालाई, याक्खाले सुनुवारलाई, थकालिले गुरुङ्लाई, गुरुङ्ले मगरलाई, मगरले नेवारलाई, नेवारले तामाङ्लाई…क्रमश अन्याय, शोषण, दमन तथा अत्यचार गरेर पहिचान नै संकटमा पुर्याईदिए भनेर आरोप लगाउँछन् र प्रतिमान चाहिँ हाम्रो भन्दा नितान्त भिन्न, एकरुपतापुर्ण समाज जहाँ शक्तिसाली समुहले निर्धो लाई बाध्य तुल्याई रुपान्तरण गरेर सबैका पहिचान लोप गराएर प्रभुत्वशाली एकल पहिचानको वर्चस्व कायम गरेका छन्।

मौलिक धर्म, संस्कृति, सभ्यता, संस्कार, संस्कृतिबाट विचलित भएर कर्तव्य, जिम्मेवारी जवाफदेहिता बाट बिच्छिन्न हुने तर धर्म, परम्परा, संस्कृति, संस्कार बचाउने तथा प्रोत्साहन, प्रवर्द्धन/प्रवर्तनको ठेक्का चाहिँ, दुर्गम गाउँका गरिब निमुखा सर्वसाधारण जसले जानि नजानी कर्मकाण्ड गरेर जिविकोपार्जन गर्न र भगवानका मुर्ती पुजेर, कनिकुथि धार्मिक तथा कर्मकाण्डका अक्षर फटकारेर र भगवानलाई धुपैमात्रै हालेर भएपनी प्राचीन ऐतिहासिक दस्तावेजहरु जोगाएर र बचाएर यहाँ सम्म ल्याइदिने, तिनीहरु प्रती कृतज्ञता व्यक्त नगरेर, सामाजिक विचलन, बिसंगती, बिकृती तथा बिग्रहका जिम्मेवार ठान्नेहरु निस्संदेह भुइँफुट्टाहरु हुन्।

बिज्ञानको सहयोग बाटै एन्टिबायोटिक र अणुबम बनेका हुन्। बमले सभ्यता संकटमा धकेल्छ तर एन्टिबायोटिकले सभ्यता प्रवर्द्धन गर्छ। बमको प्रयोग अन्ततोगत्वा मानिसमाथी प्रयोग गरेर युद्धलाई निर्णायक बनाउन हो, समाधान गर्नलाई हैन। अनगिन्ति धन र जनको क्ष्यति पछि पनि बार्ता र सम्झौता बाट युद्धको औपचारिक अन्त्य गरिन्छ। युद्धमा धर्मको विवेक लगाउने हो भने, ठाउको फोड्नु भन्दा पहिलै, लासको पहाड बन्नु भन्दा पहिलै र संसारलाई सकारात्मक मार्गदर्शन गर्न सक्ने लाखौं होनहार युवाहरुको अवसान भन्दा पहिलै, सबै किसिमका समास्याहरुहरु ज्ञानको मार्गबाट व्यवस्थापन गर्न सकिन्छ र बम बनाउन, भण्डारण गर्न तथा तिनको उपयोग गर्न गरिएको खर्च, मानव कल्याणमा लगाउन सकियो भने संसार स्वर्ग बन्छ, समाज आदर्शमय र जीवन अनुकरणीय बन्छ।

दोश्रो विश्वयुद्धमा हिटलर लाई के विश्वास थियो भने, उ संग भएका हतियारले युद्ध लामो समय सम्म चल्दैन र युद्ध जर्मनीको पक्षमै हुन्छ। युद्ध अवधिमै प्रतेक देशले युद्ध हतियारहरुको गुणात्मक बिकास गरे जसका कारण युद्ध लामो समय चल्यो र विनास पनि ठुलो भयो तर युद्ध अन्त्यमा गरिएको वार्ता र सम्झौता बाट हो। सहृदयात्मक मानव सम्बन्ध र धर्मको विवेक लगाउन नसक्दा धन जनको क्षती भएको घटना बाट हामिले सकारात्मक शिक्षा लिने कि? भुलेर नश्लिय तथा संकिर्ण कित्ताकाट गरेर सहृदय सम्बन्धमा बसेका मौलिक रैथाने धर्म, संस्कृति, सभ्यता, परम्पराको सहसताब्दिको इतिहास भएका समुदायहरु बिच सबैका बिरुद्ध सबैको युद्ध गरेर सर्वनासको कलंकीत इतिहास दोहोर्याउने हो?

नेपाली समाजका आधारशिला चतुष्टय; बिज्ञानको बुद्धि, प्रविधिको प्रगती, धर्मको विवेक तथा सहृदयताको सम्बन्ध बिर्सिएर, सम्पूर्ण विभेदको जड हाम्रा वैदिक सनातन, हिन्दु, बौद्ध, किराँत, बोन तथा जैन धर्म, संस्कृती र परम्परा नै हुन् भन्नेहरु बिदेशी बिधर्मी सैद्धान्तिक जालमा फसेका अविवेकी, कपुतन्तृय मतियार हुन्। आफ्नो स्वभाविक जिम्मेवारी बिर्सिएर दोष जति धर्म, संस्कृति, संस्कार तथा परम्परामा मात्रै देख्नु बदनियतपूर्ण छ।

गाउँ घरमा बसेका अथवा सहरमै बसेका भएपनि जो पस्चिमी रहनसहन, जिवनशैली, संस्कार तथा संस्कृतिको प्रभाव/प्रभुत्वमा छैनन् तिनीहरुले वैदिक सनातन धर्म हिन्दु, बौद्ध, किराँत, वोन, जैन लगायत प्रकृति पुजक धार्मिक तथा सभ्यताका अनुयाईहरुले सुज्नु न बुझ्नु लखरलखर कुद्नु भनेजस्तो, यहि देशमा जरो र यहि देशमा किलो भएका धर्म, संस्कृति, संस्कार, भेषभुषा काम नलाग्ने हुन् भन्न पाईन्न

समाज र संस्कृतीको विचलन कहाँ र कसरी भएको छ? कुन उद्वेश्य र कुन प्रयोजनका लागी भएको छ? सत्यको प्रतिमान कसलाई र उपमान कसलाई मानिएको छ? कसको दोष कति हो भनेर, निरक्षिर विवेक लगाएर अनुसंधान नगरी एउटा जात, एउटा धर्म, एउटा समुदाय, एउटा सम्रदाय, एउटा भाषा, एउटा भौगोलिक अवस्थितिमा बसोबास गर्ने समुदायलाई दोषारोपण, अपजसको भारी बोकाएर र प्रतिशोधको घुएँत्रोले मुखैमा घोचेर स्वार्थपूर्ण राजनीतिक अभिष्ट पुरागर्न गरिएका अविवेकपूर्ण काम, कृयाकलाप, अभिव्यक्ती, प्रतिकृया तथा मनोविज्ञानबाट प्राप्त हुने विजय तथा पराजय दुबै स्थितिमा गुम्ने र नासिने चाहिँ नश्लिय तथा घृणात्मक कित्ताकाट गरेर आमुनेसामुने हुनेहरुकै हुन्छ तर स्वार्थपूर्ण रणनीति चाहिँ विदेशि विधर्मी विस्तारवादी तथा साम्राज्यवादीहरुकै हुन्छ।

गुणात्मक शिक्षाको विशेषण लगाएर राणा तथा राजाहरुले अंग्रेजी मिसनरी विद्यालय खोल्न अनुमति दिने, धनाड्य, शक्तिसाली राजनीतिकर्मी, व्यापारी, उधोगपतिहरुले आफ्ना छोराछोरीलाई पढाउन बिदेशी बिधालय/महाबिधालयमा पढ्न पठाउने, मध्यम बर्गकाले सदरमुकाम र राजधानीका महंगा बोर्डिङ स्कुल पठाउने, पहुँच हुने समाजका तथाकतिथ अगुवाहरूले NGO/INGO को टोकरी फिजाएर शक्तिकेन्द्रहरुलाई चलखेलको अवसर दिन, दान, अनुदान, ऋणको भारि बोकेर र डलरको खेतिगरेर राजनितिज्ञ तथा कर्मचारीहरु परजीवि र पराधिन बनि क्षणीक आर्थिक, राजनीतिक तथा सामाजिक लाभ गर्ने उपल्लो तथा मध्यम बर्गका तथाकथित आधुनिक, सभ्य तथा अग्रज भनौंदा जैविक युवाहरु चाहिँ विदेशि विधर्मी संस्कार/परम्परामा चुर्लुम्मै डुबेर मौलिक धर्म, संस्कृति, सभ्यता, संस्कार, संस्कृतिबाट विचलित भएर कर्तव्य, जिम्मेवारी जवाफदेहिता बाट बिच्छिन्न हुने तर धर्म, परम्परा, संस्कृति, संस्कार बचाउने तथा प्रोत्साहन, प्रवर्द्धन/प्रवर्तनको ठेक्का चाहिँ, दुर्गम गाउँका गरिब निमुखा सर्वसाधारण जसले जानि नजानी कर्मकाण्ड गरेर जिविकोपार्जन गर्न र भगवानका मुर्ती पुजेर, कनिकुथि धार्मिक तथा कर्मकाण्डका अक्षर फटकारेर र भगवानलाई धुपैमात्रै हालेर भएपनी प्राचीन ऐतिहासिक दस्तावेजहरु जोगाएर र बचाएर यहाँ सम्म ल्याइदिने, तिनीहरु प्रती कृतज्ञता व्यक्त नगरेर, सामाजिक विचलन, बिसंगती, बिकृती तथा बिग्रहका जिम्मेवार ठान्नेहरु निस्संदेह भुइँफुट्टाहरु हुन्।

सकारात्मकता प्राचीनतामा पनि छन्, आधुनिकतामा पनि छन् र सापेक्ष समस्या प्राचिनतामा पनि छन्, आधुनिकतामा पनि छन्। दुई फक्ल्याँटे binary दृष्टिकोण राखेर प्राचिनता मात्रै अथवा आधुनिकता मात्रै ठिक भन्ने संकिण मानसिकता त्यागेर बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञान बनाउन सकियो भने, वैदिक सनातन सभ्यता प्रती गौरव पनि गर्ने र बैज्ञानिक अनुसंधान गर्न स्वकृयात्मक अग्रसर पनि हुने जनशक्ति हामिले निर्माण गर्नुपर्ने छ।

बिकृती, बिसंगती तथा बिचलन संसारका जुनसुकै समाजमा हुन्छन्, नेपाली समाजमा पनि छन्। केही भएको छैन, जेजस्तो भैरहेको छ, असाध्यै राम्रो भएको छ, भनियो भने पनि नेपाली समाजको यतार्थ ठहर्याइ हुँदैन। सिमान्तकृत कोहि भएका छैनन्, बाह्यकरणमा कोहि परेको छैन भन्नु पनि अविवकपूर्ण कुरा हुन्छ। जीवनको यतार्थ त न यथास्थितिमा रमाउनु न गतिशिलतामा बहकिनु हो, श्रेष्ठता त प्राचिनतामा अति प्राचिन र आधुनिकतामा अत्याधुनिक भएर स्थिति-गत्यात्मक प्रगति पो गर्नु हो। संसारका कुनै शक्ति राष्ट्रहरुले चन्द्रमामा बस्ती बसाए, सामरिक सफलता हासिल गरे, आर्थिक तथा शक्ति केन्द्र बने भनेर बुरुक्क उचालिनुपर्ने पनि केही छैन र थचक्क भूईंमा थेचारिनुपर्ने पनि केहि छैन। आखिरमा, हाम्रो यात्रात हामी बसेको/रहेकै स्थानबाट सुरुहुने हो नि, हैनर?

गाउँ घरमा बसेका अथवा सहरमै बसेका भएपनि जो पस्चिमी रहनसहन, जिवनशैली, संस्कार तथा संस्कृतिको प्रभाव/प्रभुत्वमा छैनन् तिनीहरुले वैदिक सनातन धर्म हिन्दु, बौद्ध, किराँत, वोन, जैन लगायत प्रकृति पुजक धार्मिक तथा सभ्यताका अनुयाईहरुले सुज्नु न बुझ्नु लखरलखर कुद्नु भनेजस्तो, यहि देशमा जरो र यहि देशमा किलो भएका धर्म, संस्कृति, संस्कार, भेषभुषा काम नलाग्ने हुन् भन्न पाईन्न र जसको कारण एकअर्का समुदाय तथा सम्प्रदाय संग सहृदयात्मक सम्बन्ध कायम रहेको छ, आफ्नो भन्दा बाहेको समुदाय, धर्म, संस्कृति तथा सम्प्रदाय असभ्य र वेकाम्मे भन्न पनि पाईन्न। हामी प्रतेक व्यक्ति, परिवार, समुदाय, सामाजिक तथा सांस्कृतिक संगठनहरुको जिम्मेवारी केही हुँदैन? सरकारको नेतृत्व गर्न गएकाहरु भुँफुट्टा भएकै बेलामा त हो नागरिक समाज तथा स्वतन्त्र नागरिकहरूको स्वकृयात्मक अग्रसरता लिनुपर्ने।

संसारका कुनै शक्ति राष्ट्रहरुले चन्द्रमामा बस्ती बसाए, सामरिक सफलता हासिल गरे, आर्थिक तथा शक्ति केन्द्र बने भनेर बुरुक्क उचालिनुपर्ने पनि केही छैन र थचक्क भूईंमा थेचारिनुपर्ने पनि केहि छैन। आखिरमा, हाम्रो यात्रात हामी बसेको/रहेकै स्थानबाट सुरुहुने हो नि, हैनर?

हामी यो समाजका सचेत नागरिकहरुलाई त्यसरी जानाजान दोष अन्त थोपरेर पन्छिन, किमार्थ सुहाउँदैन। आज सम्म जसले जेजानेको थियो तिनीहरुले त्यसै गरे। जानेर गरे अथवा नजानेर गरे, अब हाम्रो कर्तब्य हो समाजलाई स्थिती-गत्यात्मक प्रगतिवादको मार्गमा स्वकृयात्मक अग्रसर गराउने।इतिहासको अध्ययन त्यसको बन्दी बन्न हैन, इतिहासबाट शिक्षा लिएर अनुसंधानलाई कार्यपद्धती बनाउन सकियो भने मात्रै हामी प्रगति गर्न सक्छौं। फरक दार्शनिक पृष्ठभूमि भएका क्षदम्भेषी विद्वानहरू संग वादविवाद र वहस गर्नु बुद्धि बिलास मात्रै हुन्छ तर नेपाली समाजमा असाध्यै ठूलो जनमत हरेक समस्याको स्थिति गत्यात्मक प्रगति खोज्नेहरुकै छ।

सकारात्मकता प्राचीनतामा पनि छन्, आधुनिकतामा पनि छन् र सापेक्ष समस्या प्राचिनतामा पनि छन्, आधुनिकतामा पनि छन्। दुई फक्ल्याँटे binary दृष्टिकोण राखेर प्राचिनता मात्रै अथवा आधुनिकता मात्रै ठिक भन्ने संकिण मानसिकता त्यागेर बैज्ञानिकता युक्त धर्म र धार्मिकता युक्त बिज्ञान बनाउन सकियो भने, वैदिक सनातन सभ्यता प्रती गौरव पनि गर्ने र बैज्ञानिक अनुसंधान गर्न स्वकृयात्मक अग्रसर पनि हुने जनशक्ति हामिले निर्माण गर्नुपर्ने छ। हामी सबैको चिन्तन समस्याको सामुहिक स्वामित्व बोध कसरी गराउन सकिन्छ र समाधानमा पनि सामुहिक प्रयत्न कसरी जुटाउन सकिन्छ भन्नेमा हुनुपर्छ, नकि समस्याको समुर्ण दोष एउटा समुदाय, धर्म अथवा सम्प्रदायलाई लगाएर प्रतिद्वन्दीता तथा प्रतिस्पर्धा संस्थागत गरेर घृणा तथा हिंसाको विजारोपण गर्ने।लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र संघ/संगठन खोल्ने स्वतन्त्रता छ। समाजको स्थिति-गत्यात्मक प्रगति तर्फ मार्गनिर्देशन गर्न स्वकृयात्मक अग्रसर भएर कर्म गर्दै जाउँ। निसंदेह विविधता समस्या/जटिलता हैन अवसर/सम्भावना बन्ने छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *