समावेशीताको वैश्विक नमुना : जरोकिलो

विचार/ब्लग

नुमनाथ प्याकुरेल

बेग्लै समय, परिस्थीति र संदर्भमा तत्कलिन युरोपेली समाजका विद्यमान समस्याहरुको सम्बोधन गर्न अभिनिर्माण गरिएका तर संसारमै गतार्थ भएका प्रतिकृयात्मक तथा प्रतिस्पर्धी कम्युनिष्ट र पुजिवाद सिद्धान्तहरुको घालमेल बाट निर्माण भएको कपु तन्त्रलाई आत्मसात गर्ने, बिज्ञान र प्रविधिको बिकास तथा मानविय गतिशीलताका कारण सृजित विविधतालाई व्यवस्थापन गर्न नसकेर युरोपेली समाजमै टाउको दुखाईको विषय रहेको, राष्ट्रराज्य सिद्धान्तलाई आदर्श मान्ने, आन्दोलनमा चर्का नारा लगाउने, सामाजिक सद्भाव भड्काउन दुरदराजका गाउँमा गएर नश्लिय उत्तेजनाका भाषण गर्ने, हिंसालाई प्रोत्साहन गर्न जनतालाई जातिय ध्रुविकरण गर्न भड्काउने, अन्दोलनमा मानव भिड बढाउन असान्दर्भीक तथा अप्रासंगिक सहिद घोषणा गरेर लाखौँको उधारो लासको व्यापार गर्नेहरुलाई यो देशको सम्वेदनशिलता, क्षमता र सिमितता राम्रोसङ ज्ञात छ ।

आफ्नो कमजोडी, नालायकी, अकर्मण्यता तथा अयोग्यता ढाकछोप गर्न कहिले नागरिकता मुद्धा, कहिले साँस्कृतिक पहिचानका जात, जनजात तथा प्रादेशिक विषयहरुलाई राजनीतिक बहसमा ल्याएर र कहिले कपोकल्पित पहाडी उपनिवेशिकता लादेको, जातिय प्रभुत्व संस्थागत गरेको तथा ब्राह्मणवाद लादेको भनेर अनावश्यक तथा निरर्थक बहस गरेर, सहसताब्दी देखि समन्वयात्मक सहृदयताको सम्बन्धमा रहेका सामाजिक तथा साँस्कृतिक एकाईहरु विच अविश्वास, बैमनश्यता तथा कटुता अविबृद्धि गरेर गरिने राजनीति, केटाकेटी आए गुलेली चलाए मट्यांग्राको सत्यनास भने जस्तै हो ।

अनावश्यक तथा निरर्थक बहस गरेर, सहसताब्दी देखि समन्वयात्मक सहृदयताको सम्बन्धमा रहेका सामाजिक तथा साँस्कृतिक एकाईहरु विच अविश्वास, बैमनश्यता तथा कटुता अविबृद्धि गरेर गरिने राजनीति, केटाकेटी आए गुलेली चलाए मट्यांग्राको सत्यनास भने जस्तै हो ।

सत्तापक्ष पनि समाजको भन्दा आउँदो निर्वाचनमा आफ्नो भोटबैंक बिग्रेला भनेर राष्ट्रिय महत्वका मुद्दामा अडान लिन सक्दैन । २/४ जना जनाधार नभएका गुट/उपगुटको सामाजिक सद्भाव भड्काउने आन्दोलन बाट भयभित भएर, सम्पूर्ण पुर्वशर्तहरु मान्दै सम्झौता गरिदिन्छ तर बिडम्बना, कर्यन्वन हुदैन र गर्नु पर्दैन भन्ने तथ्य पनि दुवै पक्षलाई राम्रैसंग ज्ञात छ । हामि विवेकशिल जनता गुण दोष केलाएर समर्थन र बिरोधको स्वनिर्णय गर्न सकौं, कसैको बहकाउमा नपरौं, निमुखाहरुको न्याय, भोकाहरुका लागि दुई छाक रोटि र नाङ्गाहरुका लागि एकसरो लुगा पुग्नेगरी आम सर्वसाधारणलाई अनुसंधान, उधमशिलता र व्यक्तिगत विकास गर्न सकारात्मक लक्ष्यार्थका लागि मार्गनिर्देशन गरिरहेका छैनन्, तिनिहरुका आफ्ना स्वार्थ, कुल र कुटुम्बको महत्वकांक्षा पुरा गर्नकालागी मुल्यहिन बलिदान नदिउँ ।

नेपालको निकट भुतकालमा यस्तो स्थिति पनि थियो, जतिबेला कोही सचेत अग्रजहरुले तानाशाही तथा स्वेच्छाचारी शासन विरुद्ध व्यंग गरेकै कारण मृत्युदण्ड दिईन्थ्यो तर लोकतन्त्र पछि सबैभन्दा ठूलो स्वच्छन्दता/स्वतन्त्रता हास्यव्यंग विधामै छ। लोकतन्त्रको बलियो पक्ष हो अथवा निर्बल पक्ष पृयजनहरुले प्रतिक्रिया दुनुहोला । लोकतान्त्रिक अभ्यासकै रुपमा हरेकपल व्यंग तथा आलोचना गर्ने स्वतन्त्रता छ तर गजबको कुरा त के छ भने, हास्यव्यंग्ले अब लोकतान्त्रिक नेतृत्वलाई कुनै तत्विक भिन्नता पार्ने छैन, जति गहकिलो व्यंग त्यतिनै प्रभावकारी हांस्य । यथार्थ र वास्तविकता पनि, व्यंगको हाँसो संगै फुस्स उडेर जाने स्थितिको जिम्मेवार को हो ?

कुसंस्कार र कुलत बाट ग्रसित समाजमा, एकाध आज्ञानिहरुले गरेको अपराध जन्य घटनाहरु लाई जातिय ब्रान्ड नबनाउनु नै स्रेयस्कर हुन्छ ।

वास्तवमै हामिले २०४६ साल पस्चात लोकतान्त्रिक अभ्यास हैन, बर्षैभरी गाइजात्रा नै हेरिरहेका/देखिरहेका/भोगिरहेका छौं । विद्यमान राजनीति कर्मीहरु, जब मौलिक प्रतिमान उजाडेर बिदेशी बिधर्मि प्रतिमानको अन्धाधुन्ध नक्कल गर्न तँछाडमछाड गर्छन् तब हामि दैनिकै, लोकतान्त्रिक गाइजात्रा हेर्न र अनुभुति गर्न बाध्य हुन्छौं । भ्रष्टाचार, राजनैतिक सिन्डिकेट, अभाव, महँगी, विभेद, बलात्कार ••• समस्या नै समस्याको डंगुर छ भनेर आरोपप्रत्यारोप गर्दै प्रतिकृयात्मकतामा रमाउने जमात पनि सानो छैन । अन्धविश्वास, कुरिती, कुसंस्कार र कुलत बाट ग्रसित समाजमा, एकाध आज्ञानिहरुले गरेको अपराध जन्य घटनाहरु लाई जातिय ब्रान्ड नबनाउनु नै स्रेयस्कर हुन्छ । जघन्य अपराधमा सार्वजनिक पद ओगटेका व्यक्तिहरूले गरेका हचुवा र अपरिपक्व प्रतिकृया आउँदा पनि सामान्य रुपमा लिन थालियो । मदन भण्डारी तथा जिवराज आश्रतिको दुर्घटना लाई भजाएर तत्कालीन नेकपा तथा मदन भण्डारी धर्मपत्नीले लिएको राजनीतिक लाभ देखि निर्मला पन्तका हत्याराहरुको राजनीतिक संरक्षणमा देशको न्याय प्रणाली, न्याय पद्धति तथा न्यायाधीशको निष्पक्षता तथा दरवार हत्याकाण्डको प्रतिवेदनमाथि सार्वजनिक प्रश्न उठ्नुले समग्र न्यायप्रणालिप्रति अविश्वास पैदाहुनु तथा नेपाली समाजको बिचलन प्रष्ट हुन्छ । निर्मला हत्याकाण्डमा केन्द्रित भएको नेपाली जनमत, तत्कालीन नेकपा माओवादीका सर्वोच्च नेतृत्वको भ्रष्टाचार सम्बन्धि सार्वजनिक आरोप, कानुनी दायरामा ल्याइनु सट्टा जनमत पक्ष/विपक्षमा बिभाजित भइ आरोपी तथा आरोपकर्तालाई किन उन्मुक्ति मिलेको छ ?

निर्मला हत्याकाण्डमा केन्द्रित भएको नेपाली जनमत, तत्कालीन नेकपा माओवादीका सर्वोच्च नेतृत्वको भ्रष्टाचार सम्बन्धि सार्वजनिक आरोप, कानुनी दायरामा ल्याइनु सट्टा जनमत पक्ष/विपक्षमा बिभाजित भइ आरोपी तथा आरोपकर्तालाई किन उन्मुक्ति मिलेको छ ?

सामाजिक सांजाल र बौद्धिक समूह तथा विद्वान साथीहरूको सार्वजनिक अभिव्यक्ति हेर्दा यस्तो लाग्छ कि, सामाजिक संजाल र प्रतिकृयात्मक अभिव्यक्ति नै सबै समस्याहरुको समाधान हो । रोदन र चित्कार गरेर आत्मशन्तुष्टि लिने कि, समस्या कुरिती, कुसंस्कारहरु व्यवस्थापन गर्न अग्रसर बन्ने ? एकअर्काप्रति आरोपप्रत्यारोप गरेर आत्मरती लिनेकी, विधिको शासन स्थापनार्थ स्वकृयात्मक बन्ने ? परम्परागत ज्ञान, विधी, पद्धति तथा प्रविधीको विविधतायुक्त बगौंचामा सहृदयताको कल्पबृक्ष रोप्ने कि, बनमारा झार हो भन्ने जाने पछि, त्यसको समुल नष्ट गर्ने ? समस्याको समाधान दुनियाँलाई रुपान्तरण गरेर आफू बदलिने कि, आफू बदलिएर समाजको प्रवर्तनमा स्वकृयात्मक अग्रसर बन्ने ? समाजका विद्यमान समस्याहरुको समाधान गर्न, पक्ष र बिपक्षमा बिभाजित भएर बहस हैन, समाजको मुलधारमा ऐक्यवद्ध भएर सत्संग गरौं । दुई या तीन मध्ये एक छानेर एक अथवा अन्यको निषेध गर्ने पद्धति हैन, सबै मौलिक संस्कृति, सभ्यता, संस्कार, भाषा, जीवनशैली, प्रविधी, पद्धति, ज्ञान तथा प्रतिमानहरुको आत्मसात गर्ने समावेशीताको वैश्विक नमुना हो जरोकिलो महाअभियान ।

मुर्खहरु समस्या उल्झाउँछन् र संकिर्ण आत्मरतिमा रमाउँछन् तर बुद्धिमानहरु समस्याको दीर्घकालीन समाधान दिन्छन् र वैश्विक केन्द्रियताको दावी गर्छन् । नालायकहरु विविधता लाई समस्या तथा चुनौती ठान्छन् तर लायकहरु त्यसैलाई अवसर र सम्भावना मान्दछन् । पस्चगामीहरु समस्यामा केन्द्रित हुन्छन् र निकास देख्दैनन् तर अग्रगामीहरु समाधानमा केन्द्रित हुन्छन् र सर्वत्र निकास देख्छन् । हुतिहाराहरु स्वधर्मी प्रतिमानलाई उपमान मानि बिधर्मी प्रतिमानको मतियार बन्छन् तर बहादुरहरु स्वधर्मि प्रतिमान आत्मसात गरि बिधर्मि प्रतिमानलाई उपमान ठान्दछन् ।

नालायकहरु विविधता लाई समस्या तथा चुनौती ठान्छन् तर लायकहरु त्यसैलाई अवसर र सम्भावना मान्दछन् । पस्चगामीहरु समस्यामा केन्द्रित हुन्छन् र निकास देख्दैनन् तर अग्रगामीहरु समाधानमा केन्द्रित हुन्छन् र सर्वत्र निकास देख्छन् ।

परम्परागत मान्यताको उच्च-ब्राह्मण कुलमा जन्मिए पनि, जसले, राजनीतिक लाभका लागी आफ्नो कुल, धर्म, संस्कार, सभ्यता त्यागेको छ, उसले बिदेशी बिधर्मी दर्शन तथा सिद्धान्तहरुलाई समाज बिकासको मापक standard अथवा Brand ठानेर, सामाजिक बिचलन तथा बिसंगतीलाई प्रस्रय गर्दै, सिप र शिल्पका विशेषज्ञहरुको समुदाय, जसलाई दलित पनि भनिन्छ, जो वैदिक सनातन हिन्दु धर्मको अभिन्न अंग हो, जसले आफु हिन्दु नै भए पनि शोषण र अन्याय भोग्नु परेको कुण्ठा अभिव्यक्त गरिरहेको बखत, दीर्घकालीन समाधान नदिएर, हिन्दु धर्म तिम्रो हैन, कसरी स्वामित्व ग्रहण गर्न सक्छौ भनेर तुष्टिकरण appeasement गर्नु राक्षस प्रवृत्ति हो ।

आफू रैथाने पहाडी बासिन्दा भएर, राज्यको निर्णायक कार्यकारी समेत भएको यौटा विद्वान व्यक्तित्व आफ्नो स्वधर्म त्यागेर, मधेसी समुदाय जसको पछिल्लो बसोबासको भूगोल मात्रै फरक छ तर धर्म, भाषा, संस्कृति, सभ्यता, संस्कार, उत्पत्ति सबै समान छ तर श्रोत वितरण प्रक्रिया गलत भएकै कारण सापेक्ष लाभ लिन नसकेको मधेसी समुदायको बिचमा गएर तिमीहरूलाई काठमाण्डौ/पहाडी सत्ताले दशकौंदेखि आन्तरिक उपनिवेश गरेकोले आवरणमा शान्तिपूर्ण तर सारमा नश्लिय तथा घृणात्मक निशेध तिम्रो नैसर्गिक अधिकार भएको भनि मधेसी समुदायलाई गलत दिशानिर्देश गर्नु तथा मधेसी-पहाडी नश्लिय कित्ताकाट गरि घृणाको संस्थागत बिकास गर्ने प्रवृति दानविय प्रवृति हो ।

out-dated भएको बिषाक्त कम्युनिस्ट-पुजीवाद सिद्धान्तको अभ्यास गरि नेपाली समाजको अधारशिला उजाड्न अग्रसर बिदेशी बिधर्मी प्रतिमानका बिरुद्ध स्वदेशी स्वधर्मि प्रतिमानको मुलधार स्थापना गरि नेपाललाई बदलिँदो वैश्विक केन्द्रीयताको चकृय प्रणालीमा नेपालको स्वकृयात्मक अग्रसरता सहितको दावि आजको आवश्यकता हो ।

सहशताव्दी देखि समन्वयात्मक-सहृदय सम्बन्धमा रहेका जाती/जनजाती जसको आन्तरिक एकता सुधृढ भएका बखत देशको सिर उच्च भएको छ । राष्ट्रिय कृतिको अन्तराष्ट्रिय करण भएको छ । ठुलाठुला दुश्मन पराजित भएका छन् । आफ्नो माटो सुहाउँदो, जरो/उत्पत्ति तथा किलो/निर्णायकत्व आफैंमा राख्न नसकेर आफु युरोप-केन्द्रित दर्शन, सिद्धान्त, प्रतिमान, मताग्रह, अवधारणाहरुको दास भएर, उपमानको रुपमा लिनुपर्ने युरो-केन्द्रित दर्शन, सिद्धान्त, मताग्रह तथा अवधारणाहरु प्रतिमानको रुपमा स्विकार गरेर, तिनको जवर्जस्त अभ्यासको शताब्दी लामो असफल अभ्यासको निरक्षिर विश्लेषण गर्न नसक्नेहरु इतिहासको खास कालखण्डमा समाजको तत्कालीन जटिलता सम्बोधन गर्न बिकास गरिएको र दशकौँ अघिनै संसारमै गतार्थ out-dated भएको बिषाक्त कम्युनिस्ट-पुजीवाद सिद्धान्तको अभ्यास गरि नेपाली समाजको अधारशिला उजाड्न अग्रसर बिदेशी बिधर्मी प्रतिमानका बिरुद्ध स्वदेशी स्वधर्मि प्रतिमानको मुलधार स्थापना गरि नेपाललाई बदलिँदो वैश्विक केन्द्रीयताको चकृय प्रणालीमा नेपालको स्वकृयात्मक अग्रसरता सहितको दावि आजको आवश्यकता हो ।

वास्तवमै हामी अबमात्रै नेपालको पुनर्जागरणको संक्रमणको चरणमा प्रवेश गरेका छौँ ।

पटकपटक बिदेशी बिधर्मी प्रतिमानहरुकै अभ्यास बाट उहिमुलाको सिन्की उहिमुलाको चाना भनेजस्तै बेग्लाबेग्लै साइनबोर्ड भएका तर उहि बिषालु कपुतन्तृय प्रतिमानका मतियारहरुको सत्ताकब्जाको सुनिश्चित अभ्यासलाई संक्रमण काल भनेर प्रचार गरिए पनि त्यो नेपाली समाजको संक्रमणकाल हैन/थिएन । वास्तवमै हामी अबमात्रै नेपालको पुनर्जागरणको संक्रमणको चरणमा प्रवेश गरेका छौँ । बिज्ञानको बुद्धि, प्रविधिको प्रगती, धर्मको विवेक तथा सहृदयताको सम्बन्धको आधारशिला चतुष्ट्यमा आधारित, नेपालको ऐतिहासिक गौरवमय इतिहासमा राम्रो ठहरिएका सम्पुर्ण मौलिक-रैथाने प्रतिमानहरुको संश्लेषण बाट अभिनिर्मित सहृदय दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थिति-गत्यात्मक प्रगतिवाद, बैज्ञानिकता युक्त धर्म तथा धार्मिकतायुक्त बिज्ञानको दृष्टिकोण, अनुसंधान, उधमशिलता र विकासको कार्यपद्धती बाट बैचारिक सुदृढीकरण गर्दै, हामि विजयी भावका साथ छिट्टै वैश्विक केन्द्र बन्ने दुनियाँकालागी दुस्साहस तर हाम्रालागि स्वभाविक लागेको उदार चरित्रको वैश्विक मान्यता स्थापित गर्ने हाम्रो सत्प्रयासमा हजुरको ऐक्यवद्धता अपरिहार्य छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *