सरकारद्धारा लकडाउन अन्त्यको घोषणा,अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने

प्रमुख समाचार

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको कारण गत चैत ११ गतेदेखि जारी लकडाउन आज मध्यरातबाटखुल्ने भएको छ । पछिल्लो समय थपिएको लकडाउनको अवधि साउन ७ अर्थात भोलिसम्म कायम रहेको थियो ।

सरकारले लकडाउन खुलाए पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने जनाएको छ । सरकारले आज रातिबाट लक डाउन खुल्ला गर्ने निर्णय गरे पनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन व्युटी पार्लर स्विमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् ।

शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन व्युटी पार्लर स्विमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुल्ला गर्ने निर्णय भएको जानकारी दिए । उनले यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको बताए ।

सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुल्ला गर्ने निर्णय गरेको छ । भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताएका छन् । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकिछिपी आएमा कानुन अनुसार कारवाही गरिने खतिवडाले बताए ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो । छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए ।

सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो ।

सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ |

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =