हामी त नेपाली- मुकुन्द शरण उपाध्याय

विचार/ब्लग

मुकुन्द शरण उपाध्याय –                                        हामी त नेपाली
========
हिमै र हिउँ को सगरमाथा शिखर नेपाली
अन्न का बाला झुलेको झुल्यै तराई नेपालीे
अनेक भाषा अनेक बोली भावना नेपाली
पहाडवासी तराईवासी हामी त नेपाली
=
बक्खू र भोटो कछाड धोती पहिरन नेपाली,
दुःख र सुख हाँसो र रोदन कहिरन नेपाली
खेती र किसान बन्द र व्यापार जीवन नेपाली
पहाडवासी तराईवासी हामी त नेपाली
=
वराह बुद्ध वाल्मीकि व्यास जनक नेपाली
जैमिनि कौशिक शमीक सीता गोरक्ष नेपाली
भृकुटी भानु पृथिवी मोती अमर नेपाली
पहाडवासी तराईवासी हामी त नेपाली
=
ती शकुन्तला मेनका पुत्री भरत विचित्र
पार्वती आइन् पुलह आए धरती पवित्र
वामन आए बाँडेर गए जमीन कट्टा धुर
ऋषभ जन्मे महावीर जन्मे अयोध्या जनक पुर
=
मेची र काली गण्डकी कोशी कर्णाली नेपाली
सगरमाथा कञ्चनजंघा पञ्चासे नेपाली
डाँफे र मुनाल हात्ती र गैंडा कस्तूरी नेपाली
पहाडवासी तराईवासी हामी त नेपाली
=
सबैले पढौं वेद र गीता सबैले मुन्धुम
सबैका लागि हो धम्मपद सबैको मज्झिम
सबैका साझा हुन् लोकभाषा सबैको नेपाली
पहाडवासी तराईवासी हामी त नेपाली
=
को नाक चुच्चे, को नाक थेप्चे विचार एउटै छ
को जात ठूलो, को जात सानो रगत एउटै छ
ए मेरा भाई बहिनी ! उठ अलमल छोडेर
जुग र जुग देखि को निद्रा अज्ञान तोडेर
=
(मिति याद नभएकाे पुरानाे कविता)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =