हिन्दू धर्म वा संस्कृतिको आलोचना कसले गर्न पाउँछ र कसले पाउँदैन ?

विविध

-ए. पोख्रेल

१. हिन्दु संस्कृतिमा आधारित अहिलेको समयमा केही असजिलो वा समयानुकूल नदेखिने चलनहरु गर्न गराउनु छोड्नु पर्छ । त्यो स्वैच्छिक हो भनेर आधिकारीक घोषणा गर्न ढिला भइसकेको छ ।

२. हिन्दु संस्कृतिमा आधारित जात भातको विभेदको छिटो भन्दा छिटो अन्त्य गर्ने कोशिस गर्नु पर्छ । नेपालमा रहेका आधिकारिक संघ संस्था वा निकाय जे जे छन् (जस्तै: विश्व हिन्दु परिषद् वा नेपाल हिन्दू परिषद, पशुपति क्षेत्र विकास कोष वा यस्तै यस्तै के के हो ?) वा कसले गर्ने हो? सम्बन्धित संस्थाबाट आधिकारिक खारेजीको घोषणा गर्दै, ७६ जिल्लामा कम्तीमा पनि केही वर्षहरूसम्म लगातार सामूहिक भोज को आयोजना उनीहरूले नै गर्नु पर्छ, ताकि केही मत्थर पार्न सकियोस कम्तीमा पनि ।

३. अन्य धर्म बाट हिन्दू धर्म अपनाउने विधिको पनि घोषणा गर्नु पर्छ । नेपाल सरकारले “राष्ट्रिय धर्म संस्कृति आयोग” गठन गर्नु आजको आवश्यकता भईसकेको छ ।

४. ॐ कार संस्कृति तथा रैथाने धर्म संस्कृति संग सम्बन्धित सम्पूर्ण पुराना रचनाहरूको आधिकारिक रूपमा स्वामित्व ग्रहण गर्दै, आवश्यक परेमा तिनीहरूको परिमार्जन गरेर धारावाहिक रूपमा आधिकारिक प्रकाशन गर्दै जानु पर्छ अब ।

५. नेपालमा रहेका सबै सम्प्रदायका सांस्कृतिक पहिचानका संरचनाहरु (जस्तै प्रत्येक मठ मन्दिर, चैत्य, विहार, मस्जिद तथा पुरानो चर्चहरू ) हरुको अभिलेख राख्दै तिनीहरूको संरक्षण, विकास तथा विस्तार गर्नु पर्छ ।

६. “ॐ कार परिवार भाइ भाइ” को स्लोगन तयार गरी नेपाल भरि त्यो अनुसारका संरचनाहरु तथा रचना कृतिहरूको प्रकाशन समेतको अभियान सुरु गर्नु पर्छ अब ।

७. जसले जुन धर्मको (संस्कृति) अनुयायी भएको वा रहेको छ, उसले त्यही धर्मको (संस्कृति) बारेमा बाहेक अन्य धर्म, संस्कृति ऊपर सार्वजनिक रूपमा केही लेख्न, बोल्न वा छेड खान गर्न नपाइने आचारसंहिता लागू गर्नु पर्छ राज्यस्तरबाट ।

८. “धर्म अफिम जस्तै नशा हो” त्यसैले एउटा प्रकारको धर्म वा संस्कृतिका मानिसहरूले, अर्को समुहको धर्म वा संस्कृतिको आलोचना सीधा वा अन्य जुनसुकै प्रकारले पनि गर्न हुँदैन र पाइँदैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *