हिमवत् खण्ड आयुर्वेद तथा योगको उद्गम र विकास स्थल हो : प्रधानमन्त्री ओली

समाज/अर्थ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीेले हिमवत् खण्ड आयुर्वेद तथा योगको उद्गम र विकास स्थल भएको बताएका छन ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा राष्ट्रिय योग अभ्यासक्रम (National Yoga Protocol) को बालुवाटारस्थित एक्सन रूमबाट विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीेलेउहाँले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेकोमा जोड दिदै हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम र विकास स्थल रहेको बताए।

सो क्रममा प्रधानमन्त्री ओलीेले रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको उहाँले संबोधनका क्रममा स्पष्ट पारेका थिए।

नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा अधारित रहेको उनको भनाई छ। कायृक्रममा बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औयधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिए। भान्छामा के के प्रयोग हुन्छन र ती किन प्रयोग गरिन्छ भन्ने वास्तविकता बुझ्न आबश्यक रहेको औँल्याए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =