६ सय रोग निको पार्ने बहुगुणी बेसारबारे जान्नैपर्ने तथ्यहरु

बिशेष

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरससंग लड्न बेसार सहयोगी हुने बताएसंगै बेसारबारे अनेकन बहस र चर्चा हुन थालेका छन् । बेसारका कयौं गुण र फाइदाहरु रहेको विभिन्न अध्ययन अनुसधन्धानहरुले पुष्टी गरिसकेका छन् । स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार । यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ ।

अध्ययन अनुसार, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोग निको पार्न सहयोग गरेको हुन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिन्छ

विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन्। एक अध्ययनले प्रमाणित गरेअनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ। मध्यपूर्व र दक्षिणपूर्वी एसियामा हजारौं वर्षदेखि प्रयोगमा आएको बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ।

-बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ

-बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गरिन्छ ।

-दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ ।

-महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ

-दूध र बेसार मिसाएर दैनिक पिउनाले शरीरलाई पर्याप्त मात्रामा क्याल्सियम पुग्छ। यसले गर्दा हाडहरु बलियो र स्वस्थ्य हुन्छ साथै यसले शरीरमा रक्तसञ्चार बढाउने हुनाले कानको दुखाइ जस्ता समस्याहरुबाट छुटकारा दिलाउँछ।

– यसले रगत सफा पनि गर्छ।

-दैनिक दूध र वेसार मिसाएर पिउनाले अनुहारमा चमक आउँछ।

-छाला सम्बन्धी अन्य समस्याहरु हटाउन पनि यसले मद्दत गर्छ।

-दैनिक सेवनले शरीर सुडौल बनाउन पनि मद्दत गर्छ।

-मन तातो दूधमा बेसार मिसाएर खानाले शरीरमा जमेको बोसो घट्दै जान्छ।

-कलेजो सम्बन्धी रोगहरुको सम्भावना कम गर्छ।

-यो एक राम्रो एन्टीसेप्टिक हुनाले अल्सरलाई पनि कम गर्छ ।

-यसले पाचन प्रणालीमा सुधार ल्याउँछ र अपच, पखाला जस्ता समस्या हुन दिदैँन

-महिलाहरु महिनावारी भएको बेला दूध र वेसार मिसाएर पिउनाले दुखाई कम हुन्छ।

-बेसारलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ।

-लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्याउँछ।

-बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

-बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

-विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ।

-शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

-पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ।

-हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

-मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ।

-रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्याउँछ।

-बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ।

-बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

-कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ।

-दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

-बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

-यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

-बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ।

-कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्याउँछ।

-धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्याउँछ।

-१ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २र३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

-ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

-दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

-छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

-नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।(विभिन्न पत्रपत्रिका, जर्नल तथा आधिकारिक प्रकाशनहरुबाट संकलन गरि नेचर खबरले तयार पारेको बेसार बारेको जानकारी)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =